उकेरा टप फाइभ : ‘काली आमा’को हिजोको कुरादेखि ग्यालेक्सीबाट जीबी राई पतनोन्मुख यात्रासम्म

उकेरा टप फाइभ : ‘काली आमा’को हिजोको कुरादेखि ग्यालेक्सीबाट जीबी राई पतनोन्मुख यात्रासम्म

काठमाडौं : बिहीबार काठमाडौंमा ईन्द्रजात्रा पर्व मनाइएको छ। ईन्द्र जात्राको अवलोकनका लागि राष्ट्रप्रमुख रामचन्द्र पौडेलदेखि विशिष्ठ अतिथिहरु पुगे। उनीहरू न्यूरोडको जुद्ध शालिकदेखि गद्दी बैठकसम्म पैदलै गए।

एमालेको बागमती प्रदेश अधिवेशनमा बिहीबार पनि निर्वाचन हुन सकेन। पार्टी नेतृत्वले मिल्नका लागि दवाव दिएपछि बिहीबारको लागि तोकिएको निर्वाचन शुक्रबारसम्मका लागि सारियो। कर्णाली प्रदेशमा पनि बिहीबार बिहानै सुरु हुनुपर्ने बन्द शत्र साँझ पाँच बजेपछि मात्र सुरु भयो।

अब लागौं उकेरा टप फाइभतर्फः
बिहीबार बिहान उकेराले इन्जिनियरिङको तयारी छाडेर व्यवसायी बनेका प्रकाश भुसालको सफलताको कथाबारे समाचार लेख्यो। सात जना साथीहरू मिलेर २५–२५ हजार लगानी गरेर २०६४ सालमा ह्वाइट हाउस एजुकेसन जोन सुरु गरेको ह्वाइट हाउस ट्युसन जोन अहिले लोभलाग्दो भएको छ।
पूरा समाचारः इन्जिनियरिङको तयारी छाडेर व्यवसायी बनेका प्रकाश, भन्छन्ः पैसा भएर पनि ऋण तिर्न नचाहानेका लागि आर्थिक मन्दी बहाना

उकेराले दिउँसो रौतहट गरुडामा रहेको एनआइसि एसिया बैंकको शाखा प्रबन्धक र केही कर्मचारीले ऋण स्वीकृत गरेको व्यक्तिको रकम आफैँ निकालेर अपचलन गर्ने गरेको देखिएको समाचार लेख्यो। कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारी लगायतका व्यक्तिको नाममा रकम निकालेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रौतहटमा उजुरी परेको छ।
पूरा समाचारः ऋणीसँग पैसा लिएको आरोपमा एनआइसी बैंकका शाखा प्रवन्धकविरुद्द प्रहरीमा जाहेरी, केन्द्र समेत शंकामा

बिहीबार नियमित स्तम्भमा उकेराले शारदा गिरीको हिजोको कुरा प्रस्तुत गर्यो। नेपाली दर्शकमाझ ‘काली आमा’को रूपमा परिचित कलाकार हुन् उनी। शारदाले आफ्ना व्यक्तिगत र कलाकारिता जीवनको भोगाइ र अनुभव उकेरासँग सोटकी छन्।
पूरा समाचारः शारदा गिरीको हिजोको कुराः छोरी पढायो भने मास्टरसँग पोइल जान्छे भनेर पढाउँदैनथे

उकेराले साँझमा बुधबारबाट जारी एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुटाउने प्रयासमा जुट्दा करिब नौ घण्टापछि बन्द सत्र शुरू भएको समाचार लेख्यो। करिब ९ घण्टासम्म बन्दसत्र सुरू नहुँदा १० जिल्लाबाट प्रतिनिधि बनेर आएका नेता–कार्यकर्ता सुर्खेत सभा हलबाहिर दिनभर बसिरहे।
पूरा समाचारः नौ घण्टाको छलफलपछि पनि जुटेन सहमति, बल्ल सुरू भयो एमाले कर्णालीको बन्दसत्र

राति उकेराले अवैध नेटवर्किङ व्यवसाय हुँदै सहकारीको आवरणमा सर्वसाधारण वचतकर्ताको रकम दुरुपयोग गरेर मिडिया लगायतका क्षेत्रमा संलग्न भएका जीबी राई भनिने गितेन्द्र बहादुर राईको ठगी घटनामा एकपछि अर्को अदालतबाट पक्राउ पुर्जी जारी हुन थालेको समाचार लेख्यो।
पूरा समाचारः हर्बोबाट शुरू भएको जीबीको ‘ठगी साम्राज्य’ ग्यालेक्सीमा पुगेर ढल्दै, कास्कीपछि पर्सामा पनि पक्राउ पुर्जी

​​​​​​​

असोज ११, २०८० बिहीबार २२:०५:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।