बागमती प्रदेश अध्यक्षमा च्याँखे थापेका तीन जनाको उम्मेदवारी फिर्ता, ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धामा

बागमती प्रदेश अध्यक्षमा च्याँखे थापेका तीन जनाको उम्मेदवारी फिर्ता, ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धामा

काठमाडौँ : उम्मेदवारी दर्ताको दिन पाँच जनाले एमाले बागमती प्रदेश अध्यक्षमा उम्मेदवारी दिए पनि दोस्रो दिन तीन जनाले उम्मेदवारी फिर्ता लिए।

बिहीबार  बागमती प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका केशवराज पाण्डे, सानुकुमार श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएका हुन्।

तीन जनाले उम्मेदवारी फिर्ता लिएसँगै अधिवेशनको प्रारम्भदेखि नै प्रतिस्पर्धी आङ्कलन गरिएका कैलाश ढुङ्गेल र कृष्णप्रसाद दाहालको मात्र उम्मेदवारी कायम भएको छ।

बिहीबार रातभरमा कुनै चमत्कार नभए यी दुईमध्ये एक जनालाई प्रदेशको अध्यक्ष बनाउन मतदान हुनेछ। यी दुवै पार्टी अध्यक्ष केपी ओली निकट नेता मानिए पनि पछिल्लो समय ओलीले ढुङ्गेललाई साथ दिएका छन्। उनले ढुङ्गेललाई अध्यक्ष बनाउने गरी सर्वसम्मत गराउने प्रयास गरेका थिए। तर उनी अझैँ सफल भएका छैनन्।

नेतृत्वको आकाङ्क्षीलाई मनाएर सर्वसम्मत चयन गर्ने भन्दै अधिवेशन चार दिन कटिसकेको छ। नियमित प्रक्रिया अनुसार अधिवेशन अगाडि बढेको भए मतदान सकिएर परिणाम समेत आइसक्थ्यो।

असोज ११, २०८० बिहीबार २१:५७:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।