एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता, ढुंगेललाई समर्थन गर्ने

एमाले बागमती अध्यक्षका उम्मेदवार पाण्डेद्वारा उम्मेदवारी फिर्ता, ढुंगेललाई समर्थन गर्ने

काठमाडौं : एमाले बागमती प्रदेश अध्यक्षका उम्मेदवार केशवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएका छन्।  

उम्मेदवारी फिर्ता लिँदै उनले अध्यक्ष पदका अर्का उम्मेदवार कैलास ढुंगेललाई समर्थन गर्ने बताए।  

अब अध्यक्ष पदका लागि चार जना उम्मेदवार कायम भएका छन्। अधिवेशन अन्तरगत साँझ ६ बजेदेखि मतदान हुने बताइएको छ। 

उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन, उम्मेदवारको नामावलि प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम सकिएपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर साँझ ६ बजेदेखि मतदान सुरु गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बताए। 

असोज ११, २०८० बिहीबार १५:५४:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।