एमाले बागमती अधिवेशन : मतदान साँझ ६ बजेदेखि हुने

एमाले बागमती अधिवेशन : मतदान साँझ ६ बजेदेखि हुने

काठमाडौं  :  एमाले बागमती प्रदेश अधिवेशन अन्तरगत साँझ ६ बजेदेखि मतदान हुने भएको छ। 

अधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको बताउँदै प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले आज साँझ ६ बजेदेखि मतदान हुने जानकारी दिएका छन्। 

मैनालीका अनुसार अहिले उम्मेदवारको विरोधमा उजुरी, उजुरीउपर छानबिन, उम्मेदवारको नामावलि प्रकाशन, उम्मेदवारी फिर्तालगायतको कार्यक्रम भइरहको छ। 

४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने उनले जानकारी दिए। 

बागमती प्रदेशको अध्यक्षमा पाँच जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन समितिका अनुसार कैलाश ढुङ्गेल, कृष्णप्रसाद दाहाल,सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले उम्मेदवारी दिएका छन्।

यसैगरी उपाध्यक्षमा दावादोर्जे लामा, नारायण प्रसाद खतिवडा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका छन्।

सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्तबहादुर पण्डित र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवको दुईवटा पदमा खड्गबहादुर खत्री, गङ्गादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरि थापा, रमेश महर्जन, प्रेमबहादुर महर्जन, राजेन्द्र श्रेष्ठ र रिता गौतम ढकालको उम्मेदवारी परेको छ।

असोज ११, २०८० बिहीबार १४:४८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।