एमाले कर्णाली अधिवेशनको बन्दसत्र अझै सुरु भएन

एमाले कर्णाली अधिवेशनको बन्दसत्र अझै सुरु भएन

काठमाडौं  :  सुर्खेतको सिटी हलमा बिहान ८ बजेबाटसुरु गर्ने भनिएको एमाले कर्णाली प्रदेश अधिवेशनको बन्द सत्र अझै सुरु भएको छैन। 

आन्तरिक तयारी नपुगेका कारण ढिलाई भएको प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा बताए।

नेतृत्व चयनका विषयमा पार्टी महासचिव शंकर पोखरेलले स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेकाले बन्द सत्र सुरु हुन नसकेको उनले बताए।

कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन्। 

अधिवेशनमा  सहभागि ६०४ प्रतिनिधिहरले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ।  

असोज ११, २०८० बिहीबार १४:२९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।