‘हरित क्रान्ति’ का वैज्ञानिक स्वामीनाथनको निधन

‘हरित क्रान्ति’ का वैज्ञानिक स्वामीनाथनको निधन

एजेन्सी : भारतमा ‘हरित क्रान्ति’ का वैज्ञानिक डाक्टर एमएस स्वामीनाथनको बिहिबार ९८ वर्षको उमेरमा निधन भएको छ। 

स्वामीनाथन पद्मश्री, रोमन म्यागासेसे, विश्व खाद्य लगायत दर्जनौँ राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका उनको चेन्नईमा निधन भएको एजेन्सीले जनाएको छ।

गहुँको उत्कृष्ट प्रजाति आविष्कार र खेतीका लागि सिफारिस गर्ने पहिलो व्यक्ति स्वामीनाथनलाई भारतको लोकप्रिय वैज्ञानिकको रूपमा चिन्ने गरिन्छ। 

किसानको अवस्था सुधार र कृषि प्रवर्धनका लागि उनले सरकारलाई विभिन्न सिफारिस गरेका थिए तर अहिलेसम्म पनि ती सिफारिस पूर्णरूपमा कार्यान्वयन हुन सकेका छैनन्।

सरकारले उनको माग सम्बोधन गर्न आयोगको नाम नै स्वामीनाथन राखेको थियो। 

तर आयोगको सिफारिस कार्यान्वयन नहुँदा किसानले पटक पटक आन्दोलन गर्दै आएका छन्।

असोज ११, २०८० बिहीबार १४:१६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।