प्रत्येक वर्ष कर्णालीका १० हजार युवालाई रोजगार बनाउँदै छौं : मुख्यमन्त्री शर्मा
रुकुम पश्चिम : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कर्णालीको मुख्य दुस्मन गरिबी रहेको बताएका छन्।
नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कर्णालीको गरिबी हटाउनु अहिलेको ठूलो चुनौती रहेको बताए।
‘हामीले कर्णालीको गरिबीलाई हटाउने योजना बनाएका छौं, प्रत्येक वर्ष विपन्न र गरिब घर परिवारका १० हजार युवालाई रोजगार बनाउने योजना बनाएका छौं। यो योजना हामीले सफल पारेरै छाड्ने छौं,’ मुख्यमन्त्री शर्माले भने।
यो योजनाका लागि नीति तथा कार्यक्रम निर्माण गरिएको उनले बताए।
‘हामी १० हजार युवालाई रोजगारी दिने कार्यको प्रक्रियामा छौं, अनुदानमार्फत नभएर बिउ पुँजी अन्तर्गत युवालाई रकम सहयोग गरेर उनीहरूको आयआर्जनमा सहयोग पुर्याउने योजनाका साथ प्रदेश सरकार लागेको छ,’ उनले भने।
आफूले तीन पटकसम्म विश्वासको मत लिएको प्रसङ्गलाई जोड्दै उनले नेपालको अस्थिर राजनीतिका कारण पनि सरकारमा रहेर प्रभावकारी काम गर्न नसकेको उल्लेख गरे।
असोज ११, २०८० बिहीबार १३:१७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।