एकै दिन १४ सयले घट्यो सुनको मूल्य, कति पुग्यो?
काठमाडौं : नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य एकै दिनमा तोलामा १४ सयले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
जहाँ बुधबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार रुपैयाँ तोकिएको थियो। बुधबार पनि सुनको मूल्य प्रतितोला आठ सय रुपैयाँ घटेको थियो।
त्यसैगरी अघिल्लो दिन तेजाबी सुन प्रतितोला एक लाख १० हजार चार सय ५० रुपैयाँमा कारोबार भएकोमा आज एक लाख नौ हजार एक सय मूल्य तोकिएको छ।
उता चाँदी पनि प्रतितोला १५ रुपैयाँ घटेर १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ।
असोज ११, २०८० बिहीबार ११:४४:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।