फेसबुकमार्फत मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

फेसबुकमार्फत मुख्यमन्त्रीलाई कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई सामाजिक सञ्चालमाफर्तत कालोमोसो दल्ने चेतावनी दिने चिकित्सक पक्राउ परेका छन्।

जनकपुरधाम उपमहानगरपालिका–४ का अरुणकुमार झालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। 

मौखिक उजुरीको आधारमा उनलाई मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मुख्यमन्त्री यादवलाई कालोमोसो दल्ने चेतावनी दिएका थिए।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

असोज ११, २०८० बिहीबार ११:२९:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।