सिटिजन लाइफको आइपीओ सूचिकृत, आइतबारदेखि कारोबारमा आउने
काडमाडौं : सिटिजन लाइफ इन्स्योरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ। कम्पनीको शेयर सिएलआर्ई सिम्बोलबाट सूचिकृत भएको हो।
कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कामय भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो। आज कम्पनी र नेप्सेबीच शेयर सूचिकरण सम्बन्धी सम्झौता भएको हो।
कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल मार्केट रहेको छ।
सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कर्मचारी ) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो। कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ।
नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेञ्ज दिएको छ।
पहिलो कारोवारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन्।
असोज ११, २०८० बिहीबार १०:४८:१० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।