डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता घोषणा

डिशहोमको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ अभियानका विजेता घोषणा

काठमाडौं : ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत भुपाजित राईले नगद एक लाख रुपैयाँ जितेका छन्।

यही असोज ८ गते सोमवार भएको ‘लक्की ड्र’मार्फत भोजपुरको रानिवास निवासी राईले नगद रु एक लाख जितेका हुन्।

नेपालकै अग्रणी डीटीएच सेवा प्रदायक डिशहोमले दशैं तिहारलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ सार्वजनिक गरेको हो।

यस योजनाअन्तर्गत डिशहोमको नयाँ जडान अथवा रिचार्जमा ग्राहकहरूले हरेक हप्ता ‘लक्की ड्र’मार्फत नगद रु एक लाख प्राप्त गर्नेछन्।

साथै मिडिया कभरेज प्राप्त गर्न र सेलिब्रेटी झैँ जीवनशैली अनुभव गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यस्तै यस अभियानका बम्पर विजयी ग्राहकले सिजनकै मेगास्टार बन्ने मौका प्राप्त गर्नेछन् । जसमा नगद रु दश लाख, मिडियामा प्रसिद्धी र सेलिब्रेटी झैँ जीवनशैलीको अनुभव पनि गर्न पाउनेछन्। 

यस अभियानमा सहभागी हुनका लागि ग्राहकहरूले डिशहोमको नयाँ कनेक्सन वा डिशहोम रिचार्ज गर्नुपर्ने हुन्छ।

सुपरस्टारको छनोट हरेक हप्ताको सोमवार डिशहोमको शोकेश, सरोकार टीभी, रमाइलो टीभी, डिशहोमको आधिकारिक फेसबूक पेज र इमेज टीभीमा साँझ पाँच बजे प्रत्यक्ष प्रसारण हुनेछ।

यो अभियान असोज १ गतेबाट सीमित अवधिको लागि नेपालभर लागू हुने डिशहोमले जनाएको छ।

असोज ११, २०८० बिहीबार १०:२५:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।