तेस्रो मिनेटमै गोल खाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल फर्कायो

तेस्रो मिनेटमै गोल खाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल फर्कायो

एजेन्सी : चेल्सी र लिभरपुलले काराबाओ कपको तेस्रो चरणको खेलमा जित हात पारेका छन्। खेलको तेस्रो मिनेटमै गोल खाएको लिभरपुलले दोस्रो हाफमा ३ गोल फर्काउँदै लेष्टर सिटीलाई ३-१ ले हरायो।

लिभरपुलको घरेलु मैदानमा तेस्रो मिनेटमै म्याकटिरले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए। तर दोस्रो हाफमा लिभरपुल खेलमा फर्कियो।

कोडी गाक्पोले ४८औं मिनेटमा बराबरी गोल गर्दा स्जुबोस्जलाइले ७० औं मिनेटमा दोस्रो गोल गोल गरे। यसपछि डियगो जोटाले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गर्दै लिभरपुलको ३-१ को जित पक्का गरे।

अर्को खेलमा ब्राइटनलाई १-० ले हराउँदै चेल्सीले पनि काराबाओ कपको चौथो चरणमा स्थान सुरक्षित गरेको छ। घरेलु मैदानमा ज्याक्सनले ५० औं मिनेटमा गरेको गोल नै चेल्सीको जितमा निर्णायक बनेको थियो।

असोज ११, २०८० बिहीबार ०८:५७:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।