काराबाओ कपको तेस्रो चरणबाटै बाहिरियो म्यानचेस्टर सिटी

एजेन्सी : म्यानचेस्टर सिटी काराबाओ कपको तेस्रो चरणबाटै बाहिरिएको छ। न्युक्यासल युनाइटेडसँग १-० ले पराजित भएपछि म्यानचेस्टर सिटीको यात्रा काराबाओ कपमा समाप्त भएको हो।
न्युक्यासलको जितमा इसाकले खेलको ५३औं मिनेटमा गरेको गोल नै निर्णायक बनेको थियो।
यो खेलका लागि टिममा सात खेलाडी परिवर्तन गरेको सिटीले पछिल्लो ३८ खेलमा यो दोस्रो हार बेहोरेको हो।
असोज ११, २०८० बिहीबार ०८:४५:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।