रियल २-० ले विजयी, बार्सिलोनालाई पछि पार्दै लिगको दोस्रो स्थानमा
एजेन्सी : रियल म्याड्रिड स्पेनिस लिगमा लास पाल्मासलाई २-० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ। गए राति भएको खेलमा घरेलु मैदान सान्टियागो बर्नेबाउमा रियलका लागि डियाजा र होसेलुले एक एक गोल गरे।
खेलको पहिलो हाफको अन्तिम समयमा गोल गर्दै डियाजाले रियललाई अग्रता दिलाएका थिए। यसपछि ५४ औं मिनेटमा होसेलुले दोस्रो गोल गरेका थिए।
यो जितपछि रियल सात खेलबाट १८ अंकसहित बार्सिलोनालाई पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिएको छ। सात खेलमा १९ अंक रहेको जिरोना भने शीर्ष स्थानमा छ।
असोज ११, २०८० बिहीबार ०७:४४:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।