'जीवन बचाउने चिकित्सकमाथि दुर्व्यवहार' बन्द गर्न हरिवंशको आग्रह

'जीवन बचाउने चिकित्सकमाथि दुर्व्यवहार' बन्द गर्न हरिवंशको आग्रह

काठमाडौँ : कलाकार हरिवंश आचार्यले पछिल्लो समय कार्यस्थलमै चिकित्सकहरूमाथि भइरहेको हिंसाको विरोध गरेका छन्। चिकित्सकहरू आन्दोलितहुँदा पनि कलाकारहरू भने मौन रहेको बेलामा आचार्यले चिकित्सकहरूमाथि भएको हिंसाको विपक्षमा बोलेका छन्।

उनले बुधवार सामाजिक सञ्जाल फेसबुकमा भिडियो सन्देश राख्दै चिकित्सकसहित नागरिकमाथि हुने यस्तो दुर्व्यवहार र हातपातको घटनामा राज्य चुप लागेर बस्न नहुने' भनेका छन्।

‘पछिल्लो समय जीवन बचाउने चिकित्सकमाथि दुर्व्यवहार हुँदै आएको छ। यस्तो अमानवीय काम रोकेर हातपात गर्ने क्रियाकलापलाई तुरुन्त बन्द गरी चिकित्सक र स्वास्थ्यकर्मीको सेवाप्रति ऐक्यबद्धता जाहेर गरौँ’ उनले भिडियो सन्देशमा भनेका छन्।

उनले यस्तो किसिमको घटना जोमाथि भए पनि राज्य चुप लागेर बस्नु नहुने र दण्डनीय काम बन्द गर्नुपर्ने धारणा राखेका छन्।

असोज १०, २०८० बुधबार १८:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।