साफ यू–१९ च्याम्पियनसिप : टाइब्रेकरमा भुटानलाई हराउँदै फाइनलमा पाकिस्तान

साफ यू–१९ च्याम्पियनसिप : टाइब्रेकरमा भुटानलाई हराउँदै फाइनलमा पाकिस्तान

काठमाडौं : टाइब्रेकरमा भुटानलाई पराजित गर्दै पाकिस्तान साफ यू–१९ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार टाइब्रेकरमा ६–५ ले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो। 

समूह चरणको पहिलो खेलमा आयोजक नेपाललाई समेत हराएको पाकिस्तानले पहिलो पटक फाइनल यात्रा तय गरेको हो। 

क्षत्रिन पेल्जामको प्रहार पाकिस्तानका गोलरक्षक शाहिल कुलले रोक्दा भुटान पहिलो पटक फाइनलमा पुग्नबाट चुक्यो। 

भुटानका किनजाङ तेन्जिङ, जिग्ने माम्गेल, रिनजिङ दोर्जी, युगेन दोर्जी, पेमा जाम्पोले गोल गरे।  निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

खेल अवधिभर पाकिस्तानलाई दबाबमा राखेको भुटानले उत्कृष्ट अवसर सृजना गरे पनि गोल निकाल्न सकेन।

विजेता पाकिस्तानले उपाधिका लागि नेपाल र भारतबीचको खेलको विजेतासँग खेल्ने छ। नेपाल र भारतको खेल आजै बुधबार साढे ५ बजे सुरु हुने छ।

असोज १०, २०८० बुधबार १६:२५:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।