काठमाडौंबाट १८ जना जुवाडे पक्राउ

काठमाडौंबाट १८ जना जुवाडे पक्राउ

काठमाडौं : काठमाडौंमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले १८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ। 

शंखरापुर नगरपालिका–२ लप्सीफेदी बस्ने ६५ वर्षीय मोहन गुरुङको टिनको टहरामा ओखर (जुवा) खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३६ वर्षीय रोहन गुरुङसहित १८ जनालाई मंगलबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

विशेष सुराकिको आधारमा प्रहरी वृत्त बौद्ध र प्रहरी प्रभाग साखुँबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई ९ वटा ओखर (जुवा), नगद ३७ हजार १ सय ५ रुपैयाँसहित पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

असोज १०, २०८० बुधबार १४:०८:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।