दीपेन्द्रले एक लाख रुपैयाँ पुरस्कार पाउने
काठमाडौं : नेपाली क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन्।
मंगोलियाविरुद्ध विश्व कीर्तिमानी प्रदर्शन गरेसँगै उनी सम्मिलित क्लब लुम्बिनी अल स्टारले उनलाई एक लाख रुपैयाँ पुरस्कार दिने भएको हो। टोलीका अन्य खेलाडीले समान १० हजार पाउनेछन्।
दीपेन्द्रले १९औं एसियाली खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा मंगोलियाविरुद्ध दीपेन्द्रले ९ बलमै अर्धशतक प्रहार गरेर विश्व कीर्तिमान कायम गरेका थिए।
भारतीय ब्याटर युवराज सिंहले २००७ मा टी-२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध १२ बलमै बनाएको अर्धशतकको कीर्तिमान तोडेका हुन्।
दीपेन्द्रले १९औं ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हानेका थिए।
२०औं ओभरको दोस्रो बलमा पनि छक्का हान्दै ६ बलमा ६ छक्का हानेका थिए। दीपेन्द्र नेपालबाट ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन्।
असोज १०, २०८० बुधबार १३:०४:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।