सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

सुन तस्करी प्रकरणमा आजदेखि थुनछेक बहस

काठमाडौं : तीन सय किलो बढी सुन तस्करी प्ररकणमा आजदेखि थुनछेक बहस सुरु हुँदैछ। 

उक्त प्रकरणमा पक्राउ परेका २६ जना अभियुक्तको बयान सकिएसँगै आजदेखि थुनछेक बहस सुरु हुने जिल्ला अदालत काठमाडौंका सुचना अधिकारी दीपक दाहालले जानकारी दिए। 

जिल्ला अदालतका न्यायाधीश माधव प्रशाद मैनालीको इजलासमा प्रतिवादीहरुको बयान मंगलबार सकिएको हो।

पहिला राजश्व अनुसन्धान विभाग र पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सुन तस्करीमा संलग्न रहेको आरोपमा चिनिया र नेपाली नागरिकलाई पक्राउ गरेको थियो। 

प्रहरीले चिनियाँ नागरिक याओ पुचेङ्ग, लि वेन सुङ्ग, ली नेङकाई, डीङ सेग्फा, जीक्वाङ लिन, टीयान मि र वेन तोङ प्रहरी हिरासतमा छन्।

तिब्बत मूलका भारतीय नागरिक ५३ वर्षीय थाप्तेन छिरिङ, बेल्जियन नागरिक दावा छिरिङ, नेपाली नागरिक हर्कराज राई, भन्सार एजेन्ट रुकमिना सुब्बा, कृष्ण श्रेष्ठ र ट्रान्स ग्लोबल सर्भिसका सञ्चालक पुष्करराज भट्टसहित प्रहरी हिरासतमा छन्।

सरकारी वकिलको कार्यालयले जीवन चलाउनेसहित ३ जनालाई फरार उल्लेख गर्दै २९ जनालाई प्रतिवादी कामय गरेको थियो। 

असोज १०, २०८० बुधबार ११:३०:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।