पर्यटनमन्त्री किरातीले गरे विदेशी पर्यटकलाई स्वागत

पर्यटनमन्त्री किरातीले गरे विदेशी पर्यटकलाई स्वागत

काठमाडौं : विश्व पर्यटन दिवसका अवसरमा नेपाल आउने विदेशी पर्यटकलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।

विमानस्थलमा वुधबार बिहान टर्किस एयरलाइन्सको पहिलो उडानबाट नेपाल आएका विदेशी पर्यटकलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरे।

‘पर्यटन र हरित लगानी’ भन्ने नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाइँदैछ।

यसै अवसरमा आज बिहान प्रभातफेरी गरिएको छ। ललितपुरको पाटन ढोकाबाट मङ्गलबजारसम्म प्रभातफेरी गरिएको हो। अहिले पाटन दरबार क्षेत्रमा औपचारिक कार्यक्रम भइरहेको छ।

पर्यटन मन्त्रालय र ललितपुर महानगरपालिकाले संयुक्तरूपमा आयोजना गरेको उक्त कार्यक्रममा बढी विदेशी मुद्रा आर्जन गर्ने संस्था, पर्वतारोही, पर्यटन क्षेत्रमा योगदान गर्ने व्यक्ति एवं संस्थालाई पर्यटन क्षेत्रका विभिन्न आठ विधामा सम्मान गरिने कार्यक्रम रहेको छ।  

असोज १०, २०८० बुधबार ११:१३:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।