नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा विशाल श्रेष्ठ एफ सी चितवन क्लबमा आवद्ध
काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन्।
गेम वान प्राली अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठ बिच यो आबद्धतामा सहमति भएको हो।
नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाडौंमा आयोजना हुँदैछ।
एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन्।
असोज १०, २०८० बुधबार १०:४५:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।