सशस्त्रका हवल्दारलाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा

सशस्त्रका हवल्दारलाई ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा

बैतडी : बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलबार राति १ बजेको समयमा दशरथचन्द राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको थियो।

महरा सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए। 

बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए।

धनगढीबाट दार्चुलातर्फ गएको बसले महरालाई ठक्कर दिएको थियो। प्रहरीले बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको हो।

असोज १०, २०८० बुधबार १०:३५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।