मंगोलियाले ४१ बनाउँदा नेपाली बलरले दिए २३ अतिरिक्त रन

मंगोलियाले ४१ बनाउँदा नेपाली बलरले दिए २३ अतिरिक्त रन

काठमाडौं : मंगोलियाविरुद्ध नेपालले २७३ रनको कीर्तिमानी विजय हात पार्यो।

चीनको हाङझाओमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाले निर्धारित २० ओभरमा ३१४ रनको कीर्तिमानी लक्ष्य दियो।

नेपालका लागि कुशल मल्लले ३४ बलमा शतक र दीपेन्द्रसिंह ऐरीले ९ बलमा अर्धशतक बनाउँदै विश्व कीर्तिमान कायम गरे।

कप्तान रोहित पौडेलले पनि अर्धशतकीय पारी खेले। कुशल भुर्तेल १९ र आशिफ शेख १६ रनमा आउट भए। ऐरी र मल्लले नटआउट खेले।

मंगोलियाका तीन बलरले समान एक–एक विकेट लिए।

जवाफी ब्याटिङमा आएको मंगोलिया १३.१ ओभरमा ४१ रनमा समेटियो। उसका लागि एक जना खेलाडी दावसुरेन ज्याम्येनसुरेनले मात्र दोहोरो अंकमा रन जोड्न सफल भए।

नेपालका सन्दीप लामिछाने, अविनास बोहोरा र करण केसीले समान दुई–दुई तथा कुशल भुर्तेल, सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक–एक विकेट लिए।

यद्यपि नेपाली बलरले २३ रन अतिरिक्त दिए। मंगोलियाका बलरले ब्याटबाट १८ रन मात्र बनाए।

नेपाली बलरले ५ रन लेगबाइबाट, २ रन नोबल र १६ रन वाइडबाट दिए।

असोज १०, २०८० बुधबार १०:०३:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।