मंगोलियाविरुद्ध कुशलको विश्वकीर्तिमान, ३४ बलमा शतक
काठमाडौं : टी–ट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा कुशल मल्लले विश्वकीर्तिमान कायम गरेका छन्।
१९औं एसियाडमा चीनका हाङझाओमा भएको खेलमा ३४ बलमा १०१ रन बनाउँदै कुशलले विश्वकीर्तिमान कायम गरेका हुन्।
यसअघि साउथ अफ्रिकाका खेलाडी डेभिड मिलरले ३५ बलमा शतक बनाएका थिए।
नेपालका ओपनर कुशल भुर्तेल २३ बलमा २ चौकासहित १९ रनमा आउट हुँदा आसिफ शेख १७ बलमा २ चौकासहित १६ रनमा क्याच आउट हुन पुगे।
अहिले रोहित पौडेलले कुशल मल्ललाई साथ दिइरहेका छन्।
असोज १०, २०८० बुधबार ०७:५५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।