मंगोलियाविरुद्ध नेपालले टस हार्‍यो

मंगोलियाविरुद्ध नेपालले टस हार्‍यो

काठमाडौं : नेपालले १९ औं एसियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँग टस हारेको छ।

चीनको हांग्जाउमा रहेको झेजियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा मंगोलियाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ।

यो खेलसँगै मंगोलियाले अन्तर्राष्ट्रिय कुनैपनि खेलमा पहिलो पटक डेब्यू गरेको छ।

उता मंगोलियाको खेलबारे नेपाल अनविज्ञ छ। निकै युवा टोलीका साथ मंगोलिया एसियाड खेल्न आएको छ।

मंगोलियाको टोलीमा १५ देखि २२ वर्षसम्मका खेलाडी छन्। अधिकांश १८ देखि २० वर्षका खेलाडी छन्। युवा खेलाडी ऐतिहासिक खेल खेल्न उत्साहित छन्।

मंगोलियाका खेलाडी घरेलु टि-२० लिग खेल्दै आएका छन्। उक्त लिगमा ८ प्रदेश स्तरका टोलीले खेल्ने गर्दछन्।

नेपालको प्लेइङ ११:
आसिफ शेख, कुशल भुर्तेल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र सन्दीप लामिछाने।

असोज १०, २०८० बुधबार ०६:५७:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।