प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोबिन लिग र डे शैलीमा हुने

प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोबिन लिग र डे शैलीमा हुने

काठमाडौं : प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोबिन लिग र डे शैलीमा हुने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान) को मंगलबार बसेको बोर्ड बैठकले सात प्रदेश र तीन विभागीय टोलीबीच राउन्ड रोविनको आधारमा गर्ने निर्णय गरेको छ।

त्यस्तै सेमिफाइनल दुई दिवसीय लिग र फाइनल तीन दिवसीय शैलीमा हुने भएको छ। अर्थात सेमिफाइनलका खेल दुई दिनको र फाइनल तीन दिनको हुनेछ।

पहिलो पटक क्यानले प्रधानमन्त्री कप लिग र डे मा गर्न लागेको हो। यसअघिका पाँच संस्करणका पिएम कप १० टोलीलाई दुई समूहमा विभाजन गरेर आयोजना हुँदै आएको थियो।

सेमिफाइनल हुँदै फाइनल खेल्दै आएका थिए। तर क्यानले छैटौं संस्करणदेखि फरक शैलीमा आयोजना गर्नेछ।

यसअघि एक टोलीले कम्तिमा चार बढीमा ६ खेल मात्रै खेल्न पाउथे। अब एक टोलीले कम्तिमा ९ खेल खेल्न पाउनेछन्।

यसअघि पिएमकप दुई सातामा सकिँदै आएको थियो। अब एक महिनासम्म चल्ने देखिन्छ। प्रदेशका खेलाडीले धेरै म्याचहरू पाउनेछन्।

असोज ९, २०८० मंगलबार २२:२५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।