गोप्य कागजात मुद्दामा इमरान खानलाई थप १४ दिन हिरासतमा राख्न अनुमति

गोप्य कागजात मुद्दामा इमरान खानलाई थप १४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं : पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खान र उपाध्यक्ष शाह महमुद कुरेशीलाई विशेष अदालतले थप १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिएको छ।

एक कुटनीतिक दस्तावेज उल्लेख गरिएको गोप्य कागजात पूर्व प्रधानमन्त्री खानले लुकाएको भन्दै मंगलबार अदालतले उनलाई थप १४ दिन न्यायीक हिरासतमा राख्न अनुमति दिएको हो।

विशेष अदालतबाट जारी एक सूचनामा भनिएको छ, ‘खान र कुरेशीको न्यायिक हिरासत १० अक्टोबरसम्म लम्ब्याइएको छ।’

पीटीआईका अनुसार यसमा खानलाई पदच्युत गर्ने अमेरिकी धम्की थियो। तोशाखाना प्रकरणको तीन वर्षको जेल सजाय निलम्बित भएपछि पीटीआईका अध्यक्षलाई कुटनीतिक दस्तावेज प्रकरणमा न्यायिक हिरासतमा राखिएको पाकिस्तानी अङ्ग्रेजी पत्रिका ‘डन’ले जनाएको छ।

इमरानको विशेष अदालती कारबाही ‘सुरक्षाको कारण देखाउँदै’ अट्टक जेलमा भइरहेको कानुन मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।

असोज ९, २०८० मंगलबार २०:५९:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।