संवैधानिक परिषद्लाई सत्तामा हुनेहरूले भागबन्डा परिषद् बनाए : सांसद केसी

संवैधानिक परिषद्लाई सत्तामा हुनेहरूले भागबन्डा परिषद् बनाए : सांसद केसी
फाईल फोटो

काठमाडौं : नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकार र सत्तामा हुनेहरुले संवैधानिक परिषद्लाई भागबन्डा परिषद्का रूपमा विकसित गरेको आरोप लगाएका छन्। 

मंगलबार प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा बोल्दै उनले संवैधानिक परिषद्लाई निरीह र छायाँमा राख्ने काम सत्ता पक्षबाट भइरहेको बताए। 

उनले भागबन्डा परिषद्का रूपमा विकसित भएको संवैधानिक परिषद्लाई राजनीतिक पार्टी वा सत्तामा बसेकाहरूले छायाँ बनाउन नसक्ने बताउन आवश्यक रहेको उल्लेख गरे। 

महालेखा परीक्षक र महालेखा नियन्त्रक कार्यालयले बेरुजु कम गर्ने विषयमा कडाइ गर्नुपर्ने उनको भनाई थियो।

उनले महालेखा नियन्त्रक कार्यालयले रकम निकासामा कडाइ गर्दा पनि बेरुजु कम हुन सक्ने अवस्था रहेको बताए। 

असोज ९, २०८० मंगलबार १७:१५:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।