आयल निगमले आइपियो जारी गर्ने
काठमाडौँ : नेपाल आयल निगमले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ) जारी गर्ने तयारी गरेको छ। मङ्गलवार नेपाल एलपी ग्याँस उद्योग सङ्घको २८ औँ वार्षिक साधारण सभामा बोल्दै निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने तयारी गरिएको बताएका हुन्।
'अब जनतालाई नै ओनरसिप बनाउने हो' उनले भने। तर धितोपत्र निष्कासन नियमावली २०७३ अनुसार कम्तीमा दुई आर्थिक वर्ष फाइदा भएको कम्पनीले मात्र आइपिओ जारी गर्न पाउँछ।
थानीले गत असार ३१ देखि स्वचालित मूल्य प्रणाली लागू भएपछि अब निगम नाफामा जाने दाबी गरे। ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नरहेको थानीले बताएका थिए।
भनाइ छ । सरकारले व्यवसायीका माग समयसापेक्ष रूपमा सम्बोधन गर्ने बताए । 'व्यवसायीका केही मागहरू सम्बोधन गर्नुपर्ने छ । मागहरू सञ्चालक समितिमा अड्किएर बसेका छन्' उनले भने ।
कार्यक्रममा नेपाल एलपी ग्याँस उद्योग सङ्घका अध्यक्ष कुलप्रसाद मल्लीले एलपी ग्याँसको मूल्य अचानक बढ्दा व्यवसायीलाई समस्या भइरहेको बताएका थिए। उनले व्यवसायमा लागत अनुसारको मुनाफा आवश्यक हुने भन्दै आयात र मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्याँस उद्योगले समस्या भोग्नुपरेको बताएका थिए।
असोज ९, २०८० मंगलबार १६:०३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।