१८ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

१८ अंकले बढ्यो नेप्से, २ अर्बको कारोबार

काठमाडौं : कारोबार हुने साताको तेस्रो दिन शेयर बजार परिसूचक नेप्से १८ अंकले बढ्यो।

यसदिन नेप्से १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा चढ्यो। सेन्सेटिभ परिसूचक २.५६ अंकले बढेर ३८६.२४ विन्दुमा पुग्यो।

कारोबार उपसूचकमा होटल तथा पर्यटनबाहेक सबै समूहमा हरियाली छाए। सबैभन्दा बढी हाइड्रोपावर ३.०९ प्रतिशतले बढेको छ।

बजार बढ्दा कारोबार रकम पनि बढेको छ। यसदिन २८६ कम्पनीका ८७ लाख ४ हजार ४७७  कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड ३८ लाखको कारोबार भयो।

कारोबारमा एनआईसी एसिया बैंक ८ करोड ३४ करोडका साथ पहिलो स्थानमा छ भने दोस्रोमा ७ करोड ५३ लाखसहित सन नेपाल लाइफ इन्स्योरेन्स छ।

यसदिन ६ कम्पनीले शेयर बजारमा सकरात्मक सर्किट हानेर १० प्रतिशतले बढेका छन्।

असोज ९, २०८० मंगलबार १५:१४:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।