टर्की पठाइदिन्छु भन्दै १ करोड १५ लाख ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

टर्की पठाइदिन्छु भन्दै १ करोड १५ लाख ठगी, पोखराकी सुरुची भुजेल पक्राउ

काठमाडौं : ३० जनालाई टर्की पठाइदिन्छु भन्दै १ करोड १५ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–५ लेखनाथ टोलकी ३२ वर्षीया सुरुची भुजेल रहेकी छन्। उनले ४२ वर्षीय बिनोद श्रेष्ठसँग मिलेर यो काम गरेको प्रहरीले जनाएको छ।

टर्कीमा गएको भूकम्प पश्चात पुनः निर्माणको लागि युएनले सहयोग गर्ने उद्देश्यले  मासिक १४ सय अमेरिकी डलर तलब दिने प्रलोभन देखाइ १ करोड १५ लाख ९९ हजार ८ सय रकम ठगी गरेको भन्दै कारबाहीको लागी वैदेशिक रोजगार विभाग ताहाचलबाट जाहेरी परेपछि उनलाई पोखराबाटै पक्राउ गरिएको हो।

उनलाई काठमाडौं जिल्ला अदालत बबरमहलबाट सात दिन म्याद लिई ठगी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

सीआईबीले प्रतिवादी विनोद श्रेष्ठ समेतले टर्की पठाई दिन्छु भनी रकम ठगी गरी पीडित भएको व्यक्तिहरूले यथाशिघ्र सम्पर्क राख्नसमेत आग्रह गरेको छ।

असोज ९, २०८० मंगलबार १४:५०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।