आईसीसीलाई गुहारेपछि ४८ घण्टाअघि मात्र पाकिस्तानी टिमलाई भारतले दियो भिसा

आईसीसीलाई गुहारेपछि ४८ घण्टाअघि मात्र पाकिस्तानी टिमलाई भारतले दियो भिसा

एजेन्सी : भारतले एकदिवसीय विश्वकप क्रिकेट खेल्न आफ्नो देश आउन लागेको पाकिस्तानी टिमलाई अन्ततः भिसा दिएको छ।

पाकिस्तानी क्रिकेट बोर्डले (पीसीबी)ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) उजुरी गरेपछि मात्र पाकिस्तानी खेलाडीलाई भारतले भिसा दिएको हो।

भारत जाने कार्यतालिकाको ४८ घण्टाअघि भन्दा पनि कम समय बाँकी छँदा पाकिस्तानी टिमले सोमबार भिसा पाएको हो।

सोमबार बिहानसम्म भिसा नपाएपछि पीसीबीले आईसीसीलाई गुहारेको थियो। यसको केही घण्टापछि नै पाकिस्तानी टिमको भिसा स्वीकृत भएको हो।

अर्को हप्तादेखि भारतमा हुने विश्वकपका लागि पाकिस्तानले शुक्रबार न्युजिल्यान्डसँग अभ्यास खेल खेल्दैछ।

असोज ९, २०८० मंगलबार ११:२८:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।