एमाले बागमती प्रथम अधिवेशन : बन्दसत्र सुरु

एमाले बागमती प्रथम अधिवेशन : बन्दसत्र सुरु

काठमाडौं : एमालेको प्रथम बागमती अधिवेशनको बन्दसत्र सुरु भएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा बन्दसत्र सुरु भएको हाे।

प्रतिनिधि विवादका कारण ढिला भएको बन्दसत्रमा सहमतिबाटै नेतृत्व चयनको प्रयास भइरहेको नेताहरुले बताएका छन्।

अध्यक्ष पदका लागि कृष्णप्रसाद दाहाल, कैलाशप्रसाद ढुंगेल, सानुकुमार श्रेष्ठ, कृष्णभक्त पोखरेल, केशवप्रसाद पाण्डे लगायतले दावि गरेका छन्।

त्यस्तै उपाध्यक्षका लागि अनन्तप्रसाद पौडेल, दावा लामा, ईश्वर चन्द्र पोखरेल, कुमार खकुरेल लगायत मैदान छन्।

अधिवेशनमा प्रदेशभरबाट करिब १२ सय जना प्रतिनिधि सहभागी भएका छन्।

अधिवेशनमार्फत प्रदेश कमिटीको अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव गरी पाँच पदाधिकारीसहित २४० सदस्यीय नयाँ कार्य समिति चयन गर्ने एमालेले जनाएको छ ।

अधिवेशन उद्घाटन कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल बनाएर उम्मेदवारी दर्ता गरे खारेज हुने चेतावनी दिएपछि अहिले प्रत्याशी नेताहरू एकल उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन्।

असोज ९, २०८० मंगलबार ११:२५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।