सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, २५ भन्दा बढी यात्रु घाइते

सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, २५ भन्दा बढी यात्रु घाइते

तुलसीपुर : काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक रात्रि बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङमा दुर्घटना भएको छ।​​​​

आज (मंगलबार) बिहान लमही नगरपालिका–९ शिवखोलामा बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन्।

४५ जना यात्रु सवार कर्णाली  प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक बस बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक रामबहादुर केसीले बताए।

घाइते यात्रुहरूको लमही अस्पतालमा उपचार भइरहेको छ।

असोज ९, २०८० मंगलबार १०:४९:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।