अब पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सीसी क्यामेरा’बाट

अब पाथीभरा आउने तीर्थयात्रीको गणना ‘सीसी क्यामेरा’बाट

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीको गणना अबदेखि ‘सीसी क्यामेरा’बाट हुने भएको छ। जसका लागि पाथीभरास्थित ठूलो फेदीमा ‘हेडकाउन्टिङ सीसी क्यामेरा’ जडान समेत गरिएको छ।  

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले पाथीभरा मन्दिर परिसर र पाथीभरा दर्शनका लागि तीर्थयात्री बासस्थानको मुख्य आधार क्षेत्र माथिल्लो फेदीमा सीसी क्यामेरा जडान गरिएको बताए।

उनले अब फेदीस्थित प्रहरी चौकीबाट नियमित मोनिटरिङ पनि हुने बताए। पाथीभरामा गरिएको यो पहिलो प्रयास भएको समितिले जनाएको छ।

समितिले तीर्थालुको सुविधाका लागि आगामी शनिबारदेखि सुरु हुने गरी पाथीभरा मन्दिर परिसरमा पनि चारवटा सीसी क्यामेरा जडान गरेको छ।

असोज ९, २०८० मंगलबार ०९:३१:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।