आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

आजको मौसम : कोशी, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

असोज ९, २०८० मंगलबार ०७:१२:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।