१३ फिट लामो गोहीको मुखमा महिलाको अवशेष भेटिएपछि...

१३ फिट लामो गोहीको मुखमा महिलाको अवशेष भेटिएपछि...

एजेन्सी : अमेरिकाको फ्लोरिडामा एक १३ फिट लामो गोहीको मुखमा महिलाको अवशेष भेटिएको छ।

एक प्रत्यक्षदर्शीले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार लार्गो नहरमा महिलालाई गोहीको मुखमा देखेका थिए।

प्रत्यक्षदर्शीको रिपोर्टपछि प्रहरीले अहिले गोही मारेको छ। गोहीको मुखमा ४१ वर्षीया सब्रिना पेकहमको अवशेष भेटिएको अधिकारीहरूले बताएका छन्।

घटनाको अनुसन्धानपछि मात्रै ती महिलाको मृत्यु के कारणले भएको भन्ने थाहा हुने प्रहरीले जनाएको छ।

प्रत्यक्षदर्शीका अनुसार उनीहरू जागिरको अन्तर्वार्ताको लागि जाँदै थिए र बाटोमा गोहीको मुखमा मानव शरीरको तल्लो भाग देखेपछि प्रहरीलाई खबर गरेका थिए।

घटनापछि ब्रोना डोरिसले आफूलाई पीडितकी छोरी भएको बताएकी छन्। उनले फेसबुकमा लेखेका छन्, ‘अँध्यारोमा उनी आफ्नो क्याम्प नजिकै पानीतिर हिँडिरहेकी थिइन्।’

प्रहरीका अनुसार गोहीलाई पानीबाट बाहिर निकालिएको छ भने गोताखोरको टोलीले महिलाको शवको अवशेष पनि संकलन गरेको छ।

असोज ८, २०८० सोमबार १९:४६:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।