आम माफी दिने सरकारको कामले राष्ट्रपतिलाई आलोचित बनायो : महामन्त्री शर्मा

आम माफी दिने सरकारको कामले राष्ट्रपतिलाई आलोचित बनायो : महामन्त्री शर्मा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले गरेको कामले राष्ट्रपतिलाई आलोचित बनाएको बताएका छन्।

नेपाली कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा महामन्त्री शर्माले आममाफी दिने सरकारको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको बताएका हुन्।

गणतन्त्र बलियो बन्नका लागि राष्ट्रपति संस्थाको गरिमा अभिवृद्धि गर्नुपर्ने भन्दै उनले भने, ‘आममाफी दिने गरी सरकारले गरेको पछिल्लो निर्णयले राष्ट्रपतिलाई आलोचित बनाएको छ, सरकारले गरेको कामले राष्ट्रपति संस्थालाई आलोचित बनाउँदा मानिसमा वितृष्णा बढ्छ।’

पार्टीका नेताको कार्यशैलीलाई बदल्दै समाजको वितृष्णालाई सम्बोधन गर्नुपर्नेमा महामन्त्री शर्माले जोड दिए।

उनले समुदायको सद्भावलाई अझै खँदिलो बनाउनुपर्ने भन्दै बैठकबाट हुने निर्णय सबैको स्वामित्वबोधका साथ हुने विश्वास व्यक्त गरे।

असोज ८, २०८० सोमबार १९:१६:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।