कतारमा रहेका चुडामणि र मेलिनाले ल्याए ‘मुखले ठिक्क बनाउने’

कतारमा रहेका चुडामणि र मेलिनाले ल्याए ‘मुखले ठिक्क बनाउने’

काठमाडौं : वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको गायक चुडामणि मगर र गायिका मेलिना राईको स्वरमा ‘मुखले ठिक्क बनाउने’ गीतको भिडियो सार्वजनिक भएको छ।

भद्र नकालको शब्द तथा संगीतमा तयार गीतको भिडियोमा अहिलेकी व्यस्त मोडल अञ्जली अधिकारी र टम्पशेर राईले कम्ममर मर्काएका छन्।

पूर्वेली लोकलयमा रहेको गीतको भिडियोलाई तारावीर पाण्डेले निर्देशन गरेका छन्। मुकेश हुमागाईँको छायाँकन र सञ्जिला सुमित्राको कोरियोग्राफी रहेको भिडियोलाई विकाश धमलाले सम्पादन गरेका हुन्।

एक दशकदेखि गायनमा सक्रिय चुडामणिले यसअघि ‘उदायो बिहानी’, ‘कान्छीको जवानी’, ‘वीर गोखौली’ जस्ता गीत ल्याइसकेका छन्। उनको पहिलो एल्बम ‘भूल’ हो।

गीत रिलिजको क्रममा उनले भने, ‘विदेश जानु वाध्यता हो, त्यसैले देशबाहिर रहेर पनि मेरो मन गीत संगीतमै छ।’

असोज ८, २०८० सोमबार १८:३९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।