साम्प्रदायिक सम्बन्धमा खलल पुर्याएको आरोपमा एक जना पक्राउ, छ दिन म्याद थप

साम्प्रदायिक सम्बन्धमा खलल पुर्याएको आरोपमा एक जना पक्राउ, छ दिन म्याद थप

काठमाडौं : सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुरयाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही मलङ्वा नगरपालिका–९ स्थायी घर भएका२० वर्षीय सनि शर्मा रहेका छन्।

विभिन्न जातजाति र सम्प्रदायबीचको सम्बन्धमा खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जालमार्फत प्रकाशन तथा प्रदर्शन गर्ने कार्यमा शर्माको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो।

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ।

असोज ८, २०८० सोमबार १८:२९:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।