बलात्कार र सामुहिक बलात्कारमा १० वर्ष कैद तोकिएका व्यक्ति १६ वर्षपछि पक्राउ

बलात्कार र सामुहिक बलात्कारमा १० वर्ष कैद तोकिएका व्यक्ति १६ वर्षपछि पक्राउ

काठमाडौं : जबरजस्ती करणी र सामूहिक करणी मुद्दाका फरार प्रतिवादी चितवन भरतपुर महानगरपालिका-८ गौरीगंज घर भएका ५८ वर्षीय अमरेश कँडेललाई घटनाको १६ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत ललितपुरको २०६५ फागुन ४ गतेको फैसलाले जबरजस्ती करणी मुद्दामा ५ वर्ष कैद र सामूहिक करणी मुद्दामा ५ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उनलाई उनकै घर ठेगानाबाट पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी ललितपुर साविक ठैव गाविस-८ लिन्टिकल सेन्टर प्रालिको क्यान्टिनमा नास्ता बनाउने नाबालिकालाई २०६४ पुस ५ गते साँझ जबरजस्ती करणी र सामूहिक करणी गरेको मुद्दामा अदालतले उक्त फैसला गरेको थियो।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत चितवनमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानका लागि कारागार कार्यालय चितवन पठाइएको छ।

असोज ८, २०८० सोमबार १८:२४:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।