राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्षबीच भेटवार्ता

राष्ट्र बैंकका गभर्नर र धितोपत्र बोर्डका अध्यक्षबीच भेटवार्ता

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालबीच भेटवार्ता भएको छ।

बालुवाटारस्थित नेपाल राष्ट्र बैंकमा भएको भेटवार्तामा पुँजी बजार, भेञ्चर क्यापिटल र प्राइभेट इक्वीटीलगायत समसामयिक विषयमा छलफल भएको हो।

गभर्नर अधिकारी र बोर्ड अध्यक्ष हमालबीच १२ करोड रहेको सेयर धितो कर्जाको सीमा व्यक्तिगततर्फ २० करोडसम्म पुर्याउने छलफल भएको बताइएको छ।

छलफलमा संस्थागतर्फ भने कति सीमा निर्धारण गर्ने भन्ने विषयको टुंगो लागेको छैन। यद्यपि संस्थागततर्फको सीमा व्यक्तिगतको भन्दा दोब्बर वा त्यो भन्दा धेरै हुनसक्ने देखिएको छ।

असोज ८, २०८० सोमबार १७:४६:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।