चाडपर्वलाई भव्य बनाउन टीसीएलले ल्यायो ’सेलिब्रेट ग्रेटनेस’ योजना
काठमाडौं : ओम्दियाबाट प्रमाणित विश्वको नम्बर एक एन्ड्रोइड टीभी ब्राण्ड टीसीएलले महान चाँडहरु दशैँ, तिहार तथा छठलाई लक्षित गरेर ’सेलिब्रेट ग्रेटनेस’ योजना सार्वजनिक गरेको छ।
यस योजना अन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
ग्राहकहरुले यो योजनाको लाभ भदौ २६ गतेदेखि नेपालभरि सीमित अवधिका लागि उठाउन सक्ने सीजी इलेक्ट्रोनिक्सले जनाएको छ।
ग्राहकहरुले ’सेलिब्रेट ग्रेटनेस’ योजना अन्तर्गत टीसीएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार सात सय रुपैयाँसम्मको छुट पाउन सक्ने पनि कम्पनीले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ।
त्यस्तै, वाशिङ मेसिन खरिदमा१४ हजार चार सय रुपैयाँ सम्मको छुटका साथै ६ किलो ग्रामको एरियल मेटिक पाउडर पनि उपहार पाउन सक्ने बताइएके बताइएको छ।
यसका साथै ग्राहकहरुले टीसीएलको सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा ५६ हजार आठ सय रुपैयासम्म आकर्षक क्यासब्याक प्राप्त गर्ने बताइएको छ।
ग्राहकहरुले टीसीएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१ हजार आठ सय क्यासब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
साथै कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेशन सुबिधा पनि प्रदान गरेको छ।
नेपालभर टीसीएल ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सीजी इलेक्ट्रोनिक्स अन्तर्गत सीजी इओएल रहेको छ।
सिजी इलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकलाई सीजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जालमार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गरिरहेको छ।
कम्पनीका सीजी डिजिटल शोरुमहरु काठमाडौँभित्र टंगाल, कुमारीपाटी, बसुन्धरा, जोरपाटी, भक्तपुर राधे राधे, रविभवन, कीर्तिपुर, हात्तीगौँडा, त्रिपुरेश्वर, गठ्ठाघर, टेकु, नयाँ बजार र काठमाडौँ बाहिर पोखरा, इटहरी, हेटौँडा र भरतपुरमा रहेका छन्।
असोज ८, २०८० सोमबार १७:३९:३७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।