बालेनलाई लक्षित गर्दै ओलीले भने : घमण्डले समस्या बल्झाएर कोही सफल हुँदैन

बालेनलाई लक्षित गर्दै ओलीले भने : घमण्डले समस्या बल्झाएर कोही सफल हुँदैन

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहलाई लक्षित गर्दै दम्भ र घमण्डले मान्छेलाई बिगार्ने बताएका छन्। 

सोमबार एमाले बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सडकमा उभिएर आन्दोलन गरिरहेका युवाहरूको माग सम्बोधन गर्न माग गरेका हुन्।

उनले भने, ‘युवाहरू सडकमा उभिरहेका छन्, उनीहरूको माग के हो? दम्भले मान्छेलाई बिगार्छ, घमण्डले समस्या बल्झाएर कोही सफल हुँदैन।’

महानगरका नगर प्रहरीहरूको ज्यादती बढेको बताउँदै ओलीले नगर प्रहरीको व्यावहारमा तमासा रहेको बताए। 
महानगरका प्रमुख शाहले अभियन्ता ईः राजनीतिक स्वार्थसँग जोडिएका कारण आफूसँग वार्तामा नआएको आरोप लगाएका थिए।

राष्ट्रिय सभागृह बाहिर उभिएर फुटपाथ व्यवसायीको उचित व्यवस्थापन गर्नुपर्ने जनाउँदै हप्दा दिनदेखि सभागृह अगाडि धर्ना दिइरहेका ईःलगायतका अभियन्तालाई बालेनले यस्तो आरोप लगाएका थिए। 

असोज ८, २०८० सोमबार १७:२९:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।