हामिले नेपाललाई ‘डिजिटल नेपाल’ बनाउने सपना देखेका छौँ : प्रधानमन्त्री प्रचण्ड

हामिले नेपाललाई ‘डिजिटल नेपाल’ बनाउने सपना देखेका छौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले नेपाललाई ‘डिजिटल नेपाल’ बनाउने देखेको बताएका छन्।

सोमवार चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षण गर्दै उनले अहिलेको विश्व डिजिटल स्वरुपमा गइरहेको बताए।

‘विश्वमा बढ्दो विज्ञान एवम् सूचना प्रविधिको विकाससँगै अहिलेको विश्व विस्तारै डिजिटल स्वरूपमा गइरहेको छ, हामिले पनि नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने सपना देखेका छौँ’, उनले भने।

नेपाल विज्ञान प्रविधिको विकासको प्रारम्भिक चरणमै रहेको उल्लेख गर्दै उनले सूचना प्रविधिका क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरूलाई आग्रह समेत गरे।

नेपालमा लगानी गर्ने प्रयाप्त ठाँउ रहेको बताउँदै उनले चिनियाँ लगानीकर्ताहरूलाई लगानी गर्नका लागि आग्रह् गरेका हुन्। 

असोज ८, २०८० सोमबार १७:०८:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।