मोहर डिजिटल प्रालिको अनुमतिपत्र खारेज
काठमाडौं : नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक मोहर डिजिटल प्रालिको अनुमति पत्र खारेज गरेको छ।
बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना निकालेर २०७६ असोज ३० मा अनुमतिपत्र प्राप्त गरेको कम्पनीको अनुमतिपत्र खारेज गरेको हो।
सूचनामा भनिएको छ, ‘भुक्तानी तथा फर्स्योट ऐन, २०७५ को दफा ३६ को खण्ड (छ) र (ज) बमोजिमको कसुर गरेको देखिएकोले भुक्तानी तथा फर्यौट विनियमावली प्रथम संशोधन, २०८००, २०७७ को विनियम ३५ को खण्ड (ग) को व्यवस्थाबमोजिम उक्त संस्थाको अनुमतिपत्र खारेज गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’
कम्पनीले जारी गरेका भुक्तानी उपकरणहरूको प्रयोग गर्ने ग्राहकसँगको कुनै दायित्व बाँकी रहे सम्बन्धित संस्थामा सम्पर्क गर्नसमेत बैंकले आग्रह गरेको छ।
असोज ८, २०८० सोमबार १६:३४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।