१९ औं एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

१९ औं एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई

काठमाडौं :  १९औँ एसियाली खेलकुद प्रतियोगिता अन्तगत महिला क्रिकेटको उपाधि भारतले जितेको छ। 

सोमबार सम्पन्न खेलमा श्रीलंकालाई १९ रनले हराउँदै भारतले उपाधी उचालेको हो। 

टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १ सय १६ रन बनाएको थियो। 

जवाफी ब्याटिङ गरेको श्रीलंकाले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो। 

भारतको जितमा ओपनर स्मृति मन्धानाले ४६ रनको योगदान गरिन्। यस्तै रोड्रिग्वेजले ४२ रन बनाइन्।

जवाफी ब्याटिङ गरेको श्रीलंकाका लागि हसिनी परेराले सर्वाधिक २५ रन बनाइन्। यस्तै निलाक्षी डा सिल्भा र ओसादी रनसिङ्घेले क्रमशः २३ र १९ र बनाइन्।

असोज ८, २०८० सोमबार १५:३३:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।