एमालेको बागमती प्रदेश अधिवेशन जारी

एमालेको बागमती प्रदेश अधिवेशन जारी

काठमाडौं : एमालेको बागमती प्रदेश अधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ।  अधिवेसनको ड्रोनबाट ब्यानर उडाएर र रिमोटबाट दियो बालेर उदघाटन गरिएको छ।

अधिवेशनमा सहभागि एक हजार ८० जना प्रतिनिधि बागमती प्रदेशको नयाँ नेतृत्व चयन गर्ने छन्। 

४ सय ४७ सदस्यीय रहेको बागमती प्रदेश कमिटीलाई यो अधिवेशनबाट ५ जना पदाधिकारीसहित २४० सदस्यीय बनाइने बताइएको छ। 

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केशव पाण्डे, कृष्ण दाहाल, कैलाश ढुंगेल, विजय सुवेदी, भूमि त्रिपाठी, खेम लोहनी, कृष्णभक्त पोखरेल लगायत आाधा दर्जबढि नेताहरु आकांक्षी छन्।

अधिवेसनमा सर्वसम्मत अध्यक्ष चयनको प्रयास भइरहेको नेताहरु बताउँछन्।  यदि सहमति नभएर चुनाव गर्नुपर्ने स्थिति आएमा अध्यक्ष पदका लागि केशवराज पाण्डे, कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। 

असोज ८, २०८० सोमबार १४:५८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।