साफ यू–१९ च्याम्पियनसिप : पहिलो हाफमै दुईवटा रेडकार्ड, नेपाल २–० ले अगाडि
काठमाडौं : साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिँदा नेपालले माल्दिभ्सलाई २–० ले पछि पारेको हो।
नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे। यस्तै, २९ मिनेटमा समीर तामाङले गोल गरे।
तर, त्यसपछिको खेल तनावपूर्ण रह्यो। त्यसको केहीबेरपछि ३५औं मिनेटमा मैदानमै दुई खेलाडीबीच विवाद र झगडा भएपछि रेफ्रिले नेपालका सुजन डंगोल र माल्दिभ्सका मोहम्मद इयान हसानलाई रेडकार्ड दिए।,
दुवै टोली १०–१० जनामा खुम्चिएका छन्। नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्नेछ।
असोज ८, २०८० सोमबार १४:२७:११ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।