मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ साधारणसभा सम्पन्न
काठमाडौं : मोबाइल फोन इम्पोर्टस् एशोसिएसनको सातौँ वार्षिक साधारण सभा गत बुधबार सम्पन्न भएको छ।
साधारण सभाले आगामी २ वर्षका लागि दिपक कुमार मलहोत्राको अध्यक्षतामा रहेको ९ सदस्य कार्यसमितिलाई निरन्तरता दिने निर्णय गरेको छ।
कार्यसमितिका पदाधिकारीहरुमा उपाध्यक्षमा सञ्जय अग्रवाल, महासचिवमा अमित अग्रवाल, कोषाध्यक्षमा प्रभाकर थापा र अन्य सदस्यहरु पनि नयाँ कार्यसमितिमा यथावत रहने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ।
साधारण सभामा समितिका उपाध्यक्ष अग्रवालले स्वागत मन्तब्य दिनुभएको थियो भने महासचि अग्रवालले आर्थिक वर्ष २०७९/८० मा यस एशोसियसनले वर्षभरि गरेका गतिविधिको जानकारी गराए।
त्यस्तै कोषाध्यक्ष थापाले आर्थिक वर्ष २०७९÷८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
एशोसियसनका अध्यक्ष मलहोत्राले सभामा उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम समापन गरे।
असोज ८, २०८० सोमबार १३:४६:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।